नेपालको मूल समस्या के हो भनि धेरै जना घोत्लिए,
-->
देशी-बिदेशी अजासु (अति-जान्ने-सुन्ने) ले प्रयास गरे
पैसाको खोलो बगाए, तर पत्ता लागेन रे !
कहिले राजालाई दोष दिइयो, कहिले कांग्रेस, त कहिले कम्म्युनिस्ट
जो सत्ता मा छ दोष उसैको हुनेनै भो!
सबै प्रयोग गरियो, नेपालमा
कहिँ नभएको प्रयोग पनि गरियो
तर मेरो विचार मा यो चित्र ले सहि समस्या को जड केहो भन्ने प्रस्ट देखाउछ
pic via @puruad (ask him for source) |
झण्डा बोकेको भर मा आजको टर्ने भए पछि के को टेन्सन?
अझ त्यति गरेर मज्जा नलागे काम गरिखाने को बाटो छेकेर साईकल को हावा फुस्काउन पाइन्छ
मारकाट र कुटपिट को रोमान्स त् झन छदैछ!
जब सम्म #यूवा को चेत खुल्दैन, तब सम्म देश को चान्सै छैन!
जंगबहादुरले रोलक्रम राखेका थिए, राणाजीहरु त् गए, तर प्रथा अझै छ
झर्ला र खाउला भनेर कुरुन्जेल समय बितिसक्ने छ
जाग नेपालका युवाहरु,
नत्र भो कुरै नगरौ!